१९ आषाढ २०८३, शुक्रबार
Tags

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

रणभूमी सम्वाददाता शुक्रबार, आषाढ १९, २०८३

काठमाडौं / सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिसँगै उहाँले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै कार्यभार सम्हाल्नुभएको छ।

अध्यक्ष पदका लागि प्राप्त आवेदनका आधारमा गठित छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिस गरेको थियो। सरकारले तीमध्येबाट डा. सिंहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका अनुभवी क्यान्सर विशेषज्ञ तथा वरिष्ठ चिकित्सकका रूपमा परिचित हुनुहुन्छ। अस्पतालको नेतृत्व सम्हाल्दै उहाँले सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र बिरामीमैत्री बनाउने अपेक्षा गरिएको छ।

देशकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डा. सिंहको नेतृत्वले उपचार सेवा, व्यवस्थापन तथा संस्थागत विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्