३१ आषाढ २०८३, बुधबार
Tags

न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघीय प्रहरी समिटमा सहभागी आईजीपी कार्की स्वदेश फर्किए

रणभूमी सम्वाददाता बुधबार, आषाढ ३१, २०८३

काठमाडौं / नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित पाँचौं United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी भई बुधबार स्वदेश फर्किएका छन्।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

समिटका क्रममा नेपालका तर्फबाट प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा विभिन्न मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

समिटमा संयुक्त राष्ट्रसंघीय प्रहरीको भावी भूमिका, नयाँ प्रविधिको उपयोग, अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरण, भाषा तालिममार्फत शान्ति मिसनको क्षमता अभिवृद्धि तथा लैङ्गिक उत्तरदायी प्रहरी प्रणालीलगायत विषयमा विस्तृत छलफल भएको थियो।

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल समिटमा सहभागी हुन असार २१ गते न्यूयोर्क प्रस्थान गरेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्