३१ आषाढ २०८३, बुधबार
Tags

७ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

रणभूमी सम्वाददाता बुधबार, आषाढ ३१, २०८३

पर्सा / जबरजस्ती करणी मुद्दामा अदालतबाट ७ वर्ष कैद सजाय र ३ लाख ३७ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पर्साका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–९ निवासी रोहण केशरी रहेका छन्।

जिल्ला अदालत पर्साले २०८१ असार २३ गते उनलाई जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद र ३ लाख ३७ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। फैसला पश्चात फरार रहेका केशरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले मंगलबार काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट गोल्डेन गेट अगाडिबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका केशरीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्