३१ आषाढ २०८३, बुधबार
Tags

भारतबाट नेपाल ल्याउँदै गरेको ३८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक महिला पक्राउ

रणभूमी सम्वाददाता बुधबार, आषाढ ३१, २०८३

विराटनगर / भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गरेकी एक नेपाली महिला भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ।

एसएसबीको ५६औँ वाहिनी बथनाहाअन्तर्गत बीसीपी गेट जोगबनीमा जोगवनी नाकामा चेकजाँचका क्रममा मोरङको विराटनगर महानगर पालिका–१४ मन्ठा पोखरी बस्ने ६० वर्षीया शीला देवी साह पक्राउ परेकी हुन्।

उनको साथबाट करिब ३८.०७ ग्राम ब्राउन सुगर बरामद गरिएको एसएसबीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार उनी उक्त लागूऔषध भारतबाट नेपालतर्फ ल्याउँदै थिइन्।

पक्राउ परेकी साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि जोगबनी प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्