रणभूमी सम्वाददाता बिहिबार, साउन ०७, २०८३
विराटनगर / मोरङको दरहिया क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानी मोरङबाट डीएसपी तिलक खड्काको नेतृत्वमा खटिएको टोलीले बुधबार राति करिब १२ः३० बजे विशेष सूचनाका आधारमा दरहिया क्षेत्रमा कारबाही सञ्चालन गर्दा तीन वटा मोटरसाइकलसहित १० बोरा लत्ताकपडा बरामद गरेको हो।
बरामद गरिएको लत्ताकपडाको भन्सार मूल्याङ्कन अनुसार कुल १२ लाख २७ हजार ३०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा दाखिला गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ।
सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध सामान ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउँदै आएको छ।
यहाँ कमेन्ट गर्नुहोस्