रणभूमी सम्वाददाता बुधबार, साउन १३, २०८३
विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले लागुऔषधमा प्रयोग हुने २४ हजारभन्दा बढी ट्याब्लेटसहित एक स्कुटर नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानी मोरङ्गबाट खटिएको गाडी मोबाइल टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR 39 BB 2562 नम्बरको स्कुटरलाई शंकाका आधारमा जाँच गर्न खोज्दा चालक स्कुटर छाडेर फरार भएको थियो।
प्रहरीले नियन्त्रणमा लिएको स्कुटर खानतलासी गर्दा Tramadol Hydrochloride Capsule १८ हजार ६० वटा र Dicyclomine HCL Tablet ६ हजार वटा गरी कुल २४ हजार ६० वटा लागुऔषधमा प्रयोग हुने ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको स्कुटर तथा औषधिहरू आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको छ। फरार चालकको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।