२२ साउन २०८३, शुक्रबार
Tags

लागुऔषध कारोबारी सँगको साँठगाँठ गरेको आरोपमा जोगवनी पुलिस थाना अध्यक्ष कामत सस्पेन्ड

रणभूमी सम्वाददाता शुक्रबार, साउन २२, २०८३

जोगवनी / भारतको बिहार राज्य अन्तर्गतको जोगबनी पुलिस थानाका अध्यक्ष महादेव कामत निलम्बनमा परेका छन्।

पूर्णिया रेन्जका पुलिस महानिरीक्षक (आईजी) विवेकानन्दले अररिया जिल्ला पुलिस प्रमुख (एसपी) को प्रतिवेदनका आधारमा कामतलाई तत्काल प्रभावबाट निलम्बन गर्ने आदेश दिएका हुन्।

सीमावर्ती क्षेत्रमा सक्रिय स्म्याक (लागुऔषध) तस्करहरूसँग मिलेमतो तथा उनीहरूसँग निकट सम्बन्ध रहेको भन्ने गम्भीर आरोपपछि यो अनुशासनात्मक कारबाही गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

नेपाल–भारत सीमावर्ती जोगबनी क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी कडा बनाइरहेका बेला प्रहरी थानाकै प्रमुखमाथि यस्तो आरोप लागेपछि घटनाले सीमा सुरक्षाको विषयमा व्यापक चर्चा सुरु भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्