०२ भाद्र २०८३, मंगलबार
Tags

कोशी प्रदेश प्रहरी प्रमुख खनालद्वारा प्रहरी अस्पतालको निरीक्षण

रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०२, २०८३

सुनसरी / कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले कोशी प्रदेश प्रहरी अस्पताल, सुनसरीको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।

भदौ २ गते अस्पताल पुग्नुभएका डीआईजी खनालले अस्पतालमा सञ्चालित विभिन्न ल्याब, आकस्मिक कक्षलगायत स्वास्थ्य सेवा प्रदान हुने क्षेत्रको निरीक्षण गर्नुभएको थियो।

निरीक्षणपछि अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले उपचारका लागि आउने प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधारणलाई सहज र मैत्रीपूर्ण वातावरणमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो।

उहाँले उपचार प्रक्रियालाई व्यवस्थित बनाउँदै सेवाग्राहीका गुनासा तथा समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न निर्देशन दिनुभयो। अस्पतालमा आवश्यक औषधि, अक्सिजन तथा मेडिकल उपकरणको अभाव हुन नदिन पनि उहाँले सम्बन्धित कर्मचारीलाई सचेत गराउनुभयो।

त्यस्तै, प्रहरी अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न समय–समयमा नागरिक लक्षित स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न डीआईजी खनालले निर्देशन दिनुभएको छ।

निरीक्षणका क्रममा उहाँले अस्पतालको सेवा प्रवाह, आवश्यक स्रोत–साधन तथा स्वास्थ्य सेवाको प्रभावकारितालाई प्राथमिकतामा राख्दै उपचारका लागि आउने प्रत्येक सेवाग्राहीले सहज र गुणस्तरीय सेवा पाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

यहाँ कमेन्ट गर्नुहोस्