रणभूमी सम्वाददाता बुधबार, भाद्र ०३, २०८३
विराटनगर / विराटनगर महानगरपालिका–१४ जतुवास्थित एक घरबाट सशस्त्र प्रहरीले भन्सार छली गरी लुकाइछिपाई राखिएको आशंकामा ३ लाख ३८ हजार ४ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
मिति २०८३ भदौ ३ गते अवैध सामान लुकाइछिपाई राखिएको सूचनाका आधारमा विराटनगर भन्सार कार्यालयका प्रतिनिधि र सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको संयुक्त टोलीले सुरेश यादवको घरमा खोजतलास गरेको थियो।
खोजतलासका क्रममा घरबाट भन्सार मूल्य ३ लाख ३८ हजार ४ सय रुपैयाँ बराबरको रजनीगन्धा तथा लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामानसहित घरधनी सुरेश यादवलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
यहाँ कमेन्ट गर्नुहोस्