रणभूमी सम्वाददाता शुक्रबार, भाद्र ०५, २०८३
विराटनगर । मोरङका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ७ लाख ४५ हजार ९ सय ८५ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ।
मिति २०८३ भदौ ५ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका युनिटबाट खटिएको टोलीले सीमा क्षेत्रमा चेकजाँच तथा निगरानीका क्रममा उक्त सामान बरामद गरेको हो।
बरामद सामानमा एक थान मोटरसाइकल, लत्ताकपडा, स्टेशनरी, मेडिकल सामग्री तथा किराना सामान रहेका छन्। बरामद सामानको भन्सार दाखिला मूल्य कुल ७ लाख ४५ हजार ९ सय ८५ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको छ।
यहाँ कमेन्ट गर्नुहोस्