रणभूमी सम्वाददाता मंगलबार, भाद्र ०९, २०८३
विराटनगर / मोरङको जहदा गाउँपालिका–१ स्थित मधुमल्लाबाट करिब २६ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित सिटी सफारी र चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
मधुमल्लाबाट दाउरा लोड गरी जाँदै गरेको प्रदेश १–०२–००४ ह ४१३४ नम्बरको सिटी सफारीलाई सशस्त्र प्रहरी बल, नेपाल बीओपी मधुमल्लाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो।
सिटी सफारीको सिट र डिकीमुनि लुकाइछिपाइ राखिएको अवस्थामा करिब २६ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनामा जहदा गाउँपालिका–१, वीरपुर बस्ने १९ वर्षीय सिटी सफारी चालक विजयकुमार सरबरियालाई सिटी सफारीसहित नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका चालक तथा बरामद गाँजा र सिटी सफारीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्