रणभूमी सम्वाददाता आइतबार, भाद्र १४, २०८३
विराटनगर / युवा समाजसेवी महेश स्वर्णाकार विश्व हिन्दु परिषद् मोरङको उपाध्यक्षमा चयन भएका छन् । हालै सम्पन्न जिल्ला अधिवेशनले स्वर्णाकारलाई उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
श्री हरि सत्संग समिति नेपाल, कोशी प्रदेशका अध्यक्षसमेत रहेका स्वर्णाकार लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनले विभिन्न सामाजिक, धार्मिक तथा जनमुखी अभियानमा सहभागिता जनाउँदै आएका छन् ।
विश्व हिन्दु परिषद् मोरङको उपाध्यक्षको जिम्मेवारी पाएसँगै स्वर्णाकारको संगठनात्मक भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई संगठनको गतिविधिमा उपयोग गर्दै परिषद्को अभियानलाई थप सशक्त बनाउन उनको भूमिका महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
स्वर्णाकारको चयनलाई सामाजिक तथा धार्मिक गतिविधिमा सक्रिय युवालाई संगठनात्मक नेतृत्वमा अघि बढाउने कदमका रूपमा समेत हेरिएको छ ।