रणभूमी सम्वाददाता सोमबार, आश्विन १९, २०८३
झापा । झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।
असोज १८ गते जमिन राईले सञ्चालन गरेको सेकुवा कर्नरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–१० का किरण लाम्साल, हर्कराज राई र मेदनी बराल, मेचीनगर–५ का विशाल लावती र शेखरनाथ भण्डारी, मेचीनगर–३ का सागर बस्नेत तथा मेचीनगर–७ का प्रकाश लावती रहेका छन्।
उनीहरूको साथबाट ८ बुङ्ग तास र नगद १ लाख ८ हजार ५२० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सातै जनामाथि आवश्यक कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्