१० मंसिर २०८३, बुधबार
Tags

धरानमा खैरो हेरोइनजस्तो पदार्थ र ५२ हजार नगदसहित एक जना पक्राउ

रणभूमी सम्वाददाता बुधबार, मंसिर १०, २०८३

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–११ कुबिर्ता चोकस्थित एक घरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगदसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरान–११ निवासी ४८ वर्षीय प्रकाश तामाङ रहेका छन्।

प्रहरीका अनुसार २०८३ मंसिर ८ गते दिउँसो करिब ४ः३० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गरेको थियो। सो क्रममा घरको कोठाभित्र लुकाइराखेको अवस्थामा ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थ र नगदसहित तामाङलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेको छ।

पक्राउ परेका तामाङमाथि बरामद पदार्थको प्रकृति तथा सम्भावित कारोबारलगायत विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्