१८ बैशाख २०८१, मंगलबार
Tags

बिराटनगर-१७ मा भारतलाई नसोधी होम पाईप हाल्दा (फोटो फिचर)

रणभूमी शुक्रबार, भाद्र ०४, २०७८

बिराटनगर / भदाै ४, बिराटनगर महानगर पालिकाको वडा नं. १७ स्थित इश्लाम्पुरमा नेपाली भूमिमा बर्खा को पानि बग्न भनेर बनाउँदै गरेको सानो नाला भारतिय प्रशासनले तिन महिनादेखी अवरोध गर्दै नबनाउन भनेर रोक लगाएको छ । त्यति मात्र नभई नलमा स्थानीयहरुलाई सजिलोको लागि होम पाईप हाल्दा वडा अध्यक्षले स्पष्टीकर दिनुपरेको छ ।

इश्लाम्पुरमा भएकाे करिब २०० मिटरको सानो बस्तीमा भएको घरहरुबाट निस्किने पनि बग्न र बर्खामा परेको पानीको निकासको निम्ती भइरहेको नाला निर्माणको कार्य लाई भारतिय पक्षले रोक लगाएको हो । उक्त नालाको पानी बग्ने मुख भारतिय पक्षले दशगाजामा बग्दै गरेको नाला तर्फ मोडिएको भनि कारण देखाएर रोक लगाएको हो । जबकी भारत तर्फबाट जोगबनीको फोहोर पानी दशगजाको बाटो भएर बग्न तीनवटा कलभट् निर्माण गरेर दशगजालाई बर्षौ देखी डम्पिङ साइटको रुपमा प्रयाेग गर्दै आईरहेको छ ।

नेपाली भूभागमै बन्दै गरेको नाला कलभटको निर्माण कार्यमा भारतिय प्रशासनले रोक लगाएपछि नाला बनाउन सडक खनेर बाटो अवरुद्ध हुँदा बस्तीमा बस्ने हरुलाई गाडी लिएर आवत जावतमा मा समस्या, बिरामी हुँदा एम्बुलेन्स जान नसक्ने अवस्था सिर्जना हुनुका साथै सीमामा खटने प्रहरीलाई समेत गस्ति गर्न समस्या भएको खण्डमा विराटनगर-१७ नं. वडा का वडा अध्यक्ष समिम कमरको पहलमा काम अवरुद्ध भएपनि बाटो सुचारु गर्न होम पाईप हालेको थियो ।

त्यही होम पाईप हालेको बिषयमा भारतिय प्रशासनलाई किन नसोधिएको भनी इलाका प्रहरी कार्यालय रानी को प्रहरी निरीक्षक प्रकाश राउत सँग स्पष्टीकरण लिन जोगबनी नगर पञ्चायतको कार्यकारी अधिकृत भारतिय प्रहरी अफिसर र संचारकर्मीहरु सहीत इश्लम्पुर पुगेका थिएँ ।

वडा अध्यक्ष समिम कमरले भने हामी आफ्नै भूमिमा गरेको विकास निर्माण कार्य गरिरहेको छौ त्यस्मा पनि भारतिय प्रशासनले रोक लगाउदा विकास निर्माण कार्य रोकिदियौ अहीले वडा बासीको लागी होमापाईप हालेर केही सहजीकरण मात्र गरका हौ । दुई देश बीचको कुराहो त्यस्मा कोही बाधक बन्दैन प्रक्रिया बाट हुने काम गर्छौ तर वर्षौ देखि जोगबनीको फोहोर ल्याएर दाशगजालाई भारतिय पक्षले डम्पिङ साइटको रुपमा प्रयाेग गर्दै आईरहेको छ र अहीले पनि घुम्ती सार्वजनिक सौचलायहरु इश्लाम्पुर देखि दारैया सम्म ६ ठाउँमा दशगजामानै राखिएको छ त्यति मात्र नभएर जोगवनीबाट निस्केको फोहोर पानी बग्ने नाला तथा कलभटहरु अनेक ठाउँमा दशगजामानै मोडिएको छ र सबै पानी फोहोर पानी भारत बाटै बगेर नेपाली भुमी हुँदै आउँछ त्यस तर्फ किन भारत सरकार र भारतिय प्रशासनको ध्यान गएन भनी ध्यानाषर्ण गराए ।

जोगवनी नगर पञ्चायको कार्यकारी अधिकृत भन्छन् अहले हामीले फोहोर फ्याक्न बन्द गरेका छौ तर पुरानो संरचनाको बिषयमा हामी केही गर्न सक्दैनौ ।

यहाँ कमेन्ट गर्नुहोस्