०६ साउन २०८३, बुधबार
Tags

बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

रणभूमी सम्वाददाता बुधबार, साउन ०६, २०८३

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थ बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ६ गते राति करिब ११ बजे उक्त वन क्षेत्रमा चोरी सिकारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जंगलभित्र रातो प्लास्टिकको बोरा लुकाइछिपाइ राखिएको अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ फेला पारेको हो।

बरामद भएको सामग्रीमध्ये एक थान भरुवा बन्दुक तथा बन्दुकमा प्रयोग हुने विभिन्न विस्फोटक पदार्थ रहेका प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय उर्लाबारीले अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्