०७ बैशाख २०८१, शुक्रबार
Tags

राप्रपा मोरङ्गको क्षेत्रीय र प्रदेश समिति घोषण

रणभूमी सोमबार, भाद्र १४, २०७८

विराटनगर / भदाै १४, राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ क्षेत्र नं ६ अन्तर्गत क्षेत्रीय कार्य समिति र (क) र (ख) को प्रदेश कार्यसमिति आज सर्वसम्मतिले चयन गरि घोषणा सभा सम्पन्न भएको छ ।

राप्रपा ६ नं क्षेत्रीय समिति रतन तमाङको अध्यक्षतामा २१ सदस्यीय, क्षेत्र नं (क) र (ख) प्रदेश कार्य समिति क्रमशः उद्धवराज कार्की र श्रीमती अनुपमा देवी शाहको अध्यक्षतामा २१ः२१ सदस्यीय चयन गरिएको छ।
भेलामा पूर्व महानगर प्रमुख प्रहलाद शाह,केन्द्रीय कार्य सम्पादन समिति सदस्यद्वय दिनेश शाह र नरेश राई, केन्द्रीय सदस्यहरु उद्धवचन्द्र घिमिरे, उद्धवप्रसाद दाहाल, हिरालाल सिन्चुरी, जिल्ला अध्यक्ष माधव आचार्य र क्षेत्रीय अध्यक्ष रतन तामाङले नागरिकलाई कोभीड खोप सर्वसुलभ उपलव्ध गराउनु पर्ने,गरीबीको रेखामुनी र वाढी, पहिरोवाट पीडित नागरिकलाई अविलम्व राहत उपलव्ध गराउन सरकारसँग माग गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्