१४ बैशाख २०८१, शुक्रबार
Tags

आफ्नै दाजुको हत्या अभियोगमा भाई पक्राउ

रणभूमी सोमबार, भाद्र २१, २०७८

झापा / भदौ २१, आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बिहान साढे ७ बजे कचनकवल गाऊपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ स्थितमा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई बुझ्दा हत्या भएको आशंकामा अनुसन्धान गर्ने क्रममा उनकै भाई रतन राजबंशीले मार्तलले हानी हत्या गरेको खुल्न आएको छ ।

दाजुको हत्या गरि फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले हिजै राती ९ बजे मेचीनगर १५ स्थितबाट मार्तल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथै उनलाई जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्