०७ बैशाख २०८१, शुक्रबार
Tags

मलायारोडमा दुर्घटनामा परि जोगबनीका एक को मृत्यु एक घाईते

रणभूमी मंगलबार, भाद्र २२, २०७८

विराटनगर / भदौ २२, विराटनगर-१४ मालाया रोडमा आई.सि.पी. जाने बाटोको मोडमा सवारी दुर्घटनमा परि एक जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा भारत जोगनीका ३५ वर्षे कुन्दन साहको आज मृत्यु भएको हो ।

विराटनगरबाट रानीतर्फ जादै गरेको बिआर ३८ टि २१६४ नम्बरको मोटसाइकल अनयन्त्रित भएर दुर्घटनामा परेको थियो । मोटसाइकल दुर्घटना हुँदा सवारी चालक साहको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटसाइकलमा सवार जोगवनीका ३२ वर्षे अर्जुन सिंह गम्भिर घाइते भएका छन् । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको छ ।

हनुमान मन्दिर अगाडी आई.सि.पी. जाने बाटोको मोडमा एक ट्रक पार्किङ गरी राखिएको हुँदा आई.सि.पी. को बाटो भएर आउँने सवारी नदेखिएपछि एक्कासी अगाडी बाट मोटरसाईकल आउँदै गरेको देखेर ब्रेक लगाउदा गाडी अनियन्त्रित हुन पुगेको प्रत्यक्षदर्षीहरुले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्