१३ बैशाख २०८१, बिहिबार
Tags

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न नर्वे सरकार द्वारा ३ करोड ५० लाख अमेरिकी डलर अनुदान

Ranbhumi आइतबार, चैत्र ०८, २०७७

जनकपुर / आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ ।

प्रदेश २ का ८ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश २ मा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको हो । प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेन्डरमा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई ५ लटमा विभाजन गरिएको छ । जिल्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३÷११ केभी, १६ दशमलव ६ एमभिए क्षमताका ८ वटा सबस्टेसनको निर्माण गरिनेछ । यसैगरी, ३३÷११ केभी, ८ एमभिए क्षमताका दुईवटा सबस्टेसनको निर्माण गरिनेछ । ती सबस्टेसनको क्षमता १४८ दशमलव ८ एमभिए हुनेछ । साथै, प्रदेश २ का जिल्लाहरूमा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र १ हजार सर्किट किलोमिटर ४ सय भोल्टको नयाँ लाइन निर्माण गरिनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्