०८ बैशाख २०८१, शनिबार
Tags

विराटनगर भन्सारको रानी नाकामा ग्यालेन भित्र बाट पटका बरामद

रणभूमी मंगलबार, कार्तिक ०९, २०७८

बिराटनगर / तिहारलाई लक्षित गरेर तस्करहरु पटका तस्करी गर्न अनेक जुक्ती लगाई पटका तस्करीको गर्नेगरेको छ ।

साधारणतया तिहारमा रमाईलो गर्न घरमा बाल्नलाई झिर्झिरे पटका ल्याउँदा हाथमा झोलामा ल्याउने गर्दछन् । तर त्यही व्यापारिक प्रयोजनको लागि अवैध रुपमा पटका ल्याउनेहरुको नयाँ नयाँ तरिका अपनाई गलत तरिका बाट पटकाहरु भारत बाट नेपाल ल्याउँछन् । सोही क्रममा मंगलवार साझ बिराटनगर भन्सार कार्यालय रानीको २ नम्बर ढाट नजिक बाट इलाका प्रहरी कार्यालय रानीको टोलीले चेक जाँचको क्रममा तेलको ग्यालेन भित्र हाली ल्याउँदै गरेको पटका सहित मानिसलाई पक्राउ गरेकाे छ ।

पाँच लिटर तेलको ग्यालेनको मुनी तिर काटेर त्याहाँ बाट प्रतिबंधित पटकहरु ग्यालेनमा सेट गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ परेको हो । पटका तस्करीकै क्रममा त्यही भंसार कार्यालयको २ नम्बर ढाट बाटै सशस्त्र प्रहरीको टोलीले खाद्यान्न सामग्री क्यारिङ गर्ने दुई महिलाको झोला बाट केही बन्डल खोर्सानीको पटकाहरु चेक जाँचको क्रममा फेला पारी बरामद गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्