१४ बैशाख २०८१, शुक्रबार
Tags

रानी नाका बाट २ किलो चाँदी सहित मानिस सशस्त्र प्रहरीको नियन्त्रणमा

रणभूमी शनिबार, कार्तिक १३, २०७८

बिराटनगर / भारत बाट नेपाल शरिरमा सेट गरी ल्याउँदै गरेकाे दुई किलो बराबरको चाँदीको मुर्ति तथा सिक्काहरु सहित मानिसलाई सशस्त्र प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

शुक्रवार भारतको जोगबनी हुँदै आईरहेको व्यक्तिलाई बिराटनगर भन्सार कार्यालय रानीको दुई नम्बर ढाट नजिक बाट सशस्त्र प्रहरीकाे टोलीले पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण र बोर्डर आउट पोस्ट रानी बाट खटेको विशेष टोलीले चाँदी पक्राउ गरेकाे हाे । पक्राउ परेको चाँदी र भरिया बलराम सिंहलाई आवश्यक कार्यवाहीको लागि भन्सार दाखिल गर्ने प्रक्रिया भईरहेको नं. ३ गण प्रमुख सप्रउ तिर्थ पौडेलले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्