१२ बैशाख २०८१, बुधबार
Tags

१ लाख ९४ हजार अमेरिकी डलर सहित एक जना पक्राउ

रणभूमी आइतबार, मंसिर १२, २०७८

पोखरा / मंसिर ११, अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने एक जनालाई ठुलो परिमाणमा विदेशी मुद्रा अमेरिकी डलर सहित पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

कास्की जिल्लामा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति शुक्रवार अन्दाजी पौने दुई बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.३२ मा काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा जिल्ला मुस्ताङ लो-घेकर दामोदर कुण्ड गा.पा. वडा नं -१ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ शिवालय चोक बस्ने वर्ष ४२ का छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको हो । गुरुङको साथ बाट अमेरिकी डलर १ लाख ९४ हजार दुई सय सहित प्रहरीको चेक जाच टोलीले फेला पारेको थियो । गुरुङलाई पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्