१३ मंसिर २०७९, मंगलबार
Tags

अररियामा आठ वर्षीय बालिकाको बलत्कार, घट्नाको विरोध गर्दा पिडक द्वारा फायरिङ्ग

मनिष कुमार पासवान बिहिबार, मंसिर १६, २०७८

अररिया, भारत / मंसिर १६, भरगामा थाना क्षेत्र को एक गाउमा आठ वर्षीय दलित बालिका माथी गरिएको जवारदस्ती करणीको कुरा बाहिर आएको छ ।

प्राप्त जानकारीको अनुसार बुधवार रातिको समयमा आरोपी मो.मेजरले बालिकाको घर अाएर बालीकाको हजुरबुवा सँग पिउँनलाई पानी मागेपछि पिडित आठ वर्षीय बालिकाले लोटामा पानी लगिदिएकी थिइन् सोही समयमा पिडक मो. मेजरले बालिकालाई उठाई खेतमा लागेर करणी गरेको थियो । त्यसपछि खुनै खुनले लाथपथ हालतमा बालिकालाई घर नजिकै ल्याएर छाडियो ।

छानबिनको क्रममा प्राप्त जानकारी अनुसार पुलिसकर्मी द्वारा कडा संघर्ष पछी केही घण्टामा अपहरण गरी राखिएको पीड़ित बालिका र उसको आमालाई आरोपीको भाई को घर बाट उद्धार गरिएको थियो । जसलाई मेडिकल जांच गराई अस्पतालमा भर्ना गराएको छ । हुनत अहिले सम्म कसैलाई पनि पक्राउ गरिएको छैन । घट्ना संदर्भमा अररिया एसपी हृदयकांतले बतायो की एसडीपीओ को नेतृत्व मा घटनाको जांच भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्