१३ बैशाख २०८१, बिहिबार
Tags

प्रति लिटर ५ लाखमा बेच्न लागेको ४४ लिटर रक्त चन्दनको तेल सहित २ जना पक्राउ

रणभूमी बिहिबार, मंसिर १६, २०७८

काठमाण्डौ / मंसिर १६, अवैध रुपमा रक्तचन्दनको तेलको कारोबार भईरहेको गोप्य सूचनाको आधारमा अपराध महाशाखाको टोलीले ४४ लिटर सुगन्धित तेल सहित दुई जना मानिसलाई पक्राउ गरेकाे छ ।

हिजो काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं.-५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल प्रति लिटर रु ५ लाख रुपैयाँको दरले अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा अपराध महाशाखाबाट खटेको बिशेष प्रहरी टोलीले उक्त स्थानबाट रक्त चन्दनको तेल सहित मानिसहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा रामेछाप जिल्ला उमाकुण्ड गा.पा.४ घर भई हाल का.जि.बालाजु बस्ने बर्ष २७ को राम बहादुर खत्री र कास्की जिल्ला लेखनाथ महानगरपालिका वडा नं.१० घर भई हाल का.जि.बुढानिलकण्ठ नगरपालिका वडा नं.५ बस्ने बर्ष ४० को गंगा बहादुर पुनलाई टोलिले पक्राउ गरी आवश्यक अनुसन्धान गर्दा भारतबाट नेपालगंज हुदै नेपाल भित्र्याई चिनतर्फ तस्करी हुने गरेको कुरा खुल्न आएको महानगरिय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ गरी बरामद गरेको रक्त चन्दनको तेल सहित दुवै जनालाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय, हात्तीसार काठमाण्डौ पठाईएको ।

यहाँ कमेन्ट गर्नुहोस्