१४ बैशाख २०८१, शुक्रबार
Tags

जोगबनी नजिकै बाथनाहामा रेलगाडी पल्टेर दुर्घटना

राजेश कुमार शर्मा बुधबार, मंसिर २९, २०७८

जोगबनी / मंसिर २८, कटिहार–जोगबनी रेल खण्ड बथनाहामा एक रेल गाडी पल्टेर दुर्घटना भएको छ ।

प्राप्त जानकारी अनुसार कटिहार–जोगबनी रेल खण्डको बथनाहा रेलवे स्टेसनको रेक पोइन्टमा सिमेन्टको बोरा उतार्ने क्रममा सिमेन्टले भरिएको बोगी पल्टिँदा दुर्घटना भएको हो ।

रेल दुर्घटना हुँदा चार जना मजदुरहरु समेत घाईते भएका छन् । घाईते मजदुरहरु सिकन्दर पासवान, मनोज साह, रविश पासवान, प्रकाश पासवानकाे स्थानिय अस्पातालमा उपचार भईरहेको श्रोतले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्