१३ बैशाख २०८१, बिहिबार
Tags

ताजुल इशलामिया विद्यालयमा अभिभावक भेला गरी पत्रकार सम्मेलन

रणभूमी सोमबार, पुष ०५, २०७८

विराटनगर / पौष ५, विराटनगर -१३ स्थित ताजुल इस्लाम नमुना आधारभूत विद्यालय (मदरसा) का व्यवस्थापन समितिका अध्यक्ष हैदर अलीले किर्ते हस्ताक्षर गरेर रकम हिना मिना गरेको मुद्दामा न्याय पाउन ढिलाई भएपछि प्रअ ले अभिभावक भेला बोलाई पत्रकार सम्मेलन गरेको छ ।

विद्यालयको प्रअ मौलाना समसुल हकले अभिभावक भेला बोलाई प्रेस विज्ञप्ती जारी गर्दै दुई वर्ष अगाडी विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष रहेका हैदर अलीले एक्लौटि तरिकाले विद्यालयको लेटरप्याट दुरूपयोग गरि किर्ते हस्ताक्षर संकलन गरेर शिक्षक नभएका मो. जाविदलाई प्रअमा नियुक्ति गरेर मदरका लाखौं रुपैयाँ हिनामिना गरेको पाइएको थियो ।

ताजुल इस्लाम नमुना आधारभूत विद्यालयका विद्यालय व्यवस्थान समितिको अध्यक्ष रहेका हैदर अलीको मनसाय र क्रियाकलापहरु विद्यालयको कामकाज तथा पठन पाठन गराउन समस्या हुँदै गएपछि विद्यालयका प्रअ मौलाना समसुल हकले आम भेला बोलाई २०७६ फाल्गुन १० गतको दिन अध्यक्ष पदबाट निष्कासित गरी ज्येष्ठ सदस्य फूल मोहमदलाई का.वा. अध्यक्ष र अन्य ४ जनालाई पदपूर्तिको लागि विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा मनोनित गरी जिम्मेवारी दिई विद्यालयको कामकाज तथा पठन पाठन निरन्तर गर्न जिम्मेवारी दिइयो ।

आमभेला को निर्णयबाट हैदर अलिलाई वि.व्य.स. को अध्यक्ष पदबाट निष्कासित गरे पश्चात कीर्ते लेटर , कीर्ते स्टाम्प र एकलौटी रुपमा बनाएको बैठक जसमा भए नभएको वि.स. का सदस्यहरुको कीर्ते हस्ताक्षर गरी प्रमाणको रुपमा पेश गरेर वडा नं १३ अध्यक्ष झरीलाल महतोको कीर्ते हस्ताक्षर र मिलोमतो तथा महानगरपालिकाका शैक्षिक अधिकृत दुर्गा खतिवडाको समेत मिलेमतोमा कीर्ते / जाली नियुक्ति भएको आधारमा यस विद्यालयको प्रअ मा माे.जाविदलाई एकलौटी रुपमा नियुक्ति गरेकाे र साथै अन्य ४ जना शिक्षक शिक्षिकाको पनि जाली नियुक्ति पत्र मार्फत नियुक्त गरी रु . ३५ हजार रुपैयाँ तलव खुवाएको जाली विल भर्पाइ र जालि शिक्षक रजिष्टर पेश गरेको प्रअ मौलाना हकको आरोप रहेको छ ।

अलि र मो.जाविद लगायतले शिक्षा नियमावली ऐन विपरित गरेको कार्यले विगत २ बर्षदेखि हालसम्म विद्यालयमा परीक्षा नभएको , विद्यालय पठन पाठनमा समस्या हुदै आएको , विद्यार्थीले पाउने सुविधा तथा छात्रवृति समेत नपाएको , शिक्षक शिक्षिका तथा कर्मचारीले तलव नपाएको जानकारी गराउँदै । किर्ते हस्ताक्षर प्रयोग गरेर लाखौं रुपैयाँ हिनामिना गरेपछि व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरू मिलेर उच्च अदालत विराटनगरमा मुद्दा दायर गरे पनि विद्यालयले न्याय पाउनुको सट्टा हरेक पटक पेसी सार्ने मात्र भईरहेको प्रअ हक बताउँछन् । समितिले अली र जावेद विरूद्ध अदालतमा ‘किर्ते जालसाद र आर्थिक हिनाहिना’ मुद्दा दायर गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्