०६ बैशाख २०८१, बिहिबार
Tags

नेपाल वैश्य युवा संघको नाममा केही व्यक्तिहरू द्वारा नक्कली वनभोजको निमन्त्रणा

रणभूमी बुधबार, पुष २१, २०७८

विराटनगर / पौष २२, नेपाल वैश्य युवा संघ जिल्ला कार्यसमिति मोरङ्ग लाई बद्नाम गराउन केही व्यक्तिहरुले संघको नाममा आयोजना गरेको वनभोज कार्यक्रम आधिकारिक नभएको संघको जिल्ला अध्यक्ष गणेश साहले एक प्रेस विज्ञप्ति जारी गर्दै बताएकाे छ ।

संघको नाममा वनभोज कार्यक्रम आयोजना गरी सामाजीक संजाल मार्फत निमन्त्रणा गर्नेगरेको पाएपछी संघका अध्यक्ष गणेश साहले विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा एक निमन्त्रणा पत्र पठाई पौष २४ गते शनिवार विहान ७ बजे विराटेश्वर वृद्धा आश्रममा नियमित वनभोज कार्यक्रममा सम्पुर्ण वैश्य समुदायलाई आउन निमन्त्रणा गरिएको छ भनी निमन्त्रणा गरिरहेको कार्य प्रति नेपाल वैश्य युवा संघ मोरङ्गले गम्भीर ध्यानाषर्ण गर्दै । नेपाल वैश्य युवा संघ मोरङ्गले अहीले कुनै त्यस्तो कार्यक्रम आयोजना नगरेको हुनाले उक्त निमन्त्रणा आधिकारिक नभएको संघको जिल्ला अध्यक्ष गणेश कुमार साहले र संघ का महासचिव सन्तोष साहले विज्ञप्ती मार्फत बताए ।

नेपाल वैश्य यूवा संघ जिल्ला कार्य समिति मोरङको यस जिल्लामा तथा प्रदेश नं . १ को राजधानी विराटनगर लगायत विभिन्न ठाउँहरुमा सेवामुखी सामाजिक कार्यहरु गर्दै आई रहेको सर्व विदितै छ । साथै नेपाल वैश्य यूवा संघले यस संघ सँग आवद्ध विभिन्न जातजातीहरुको आवाजलाई बुलन्द पार्दै नियमित भेट छलफल , सभा समारोध , आन्तंक्रिया समेत गर्दै आई रहेको छ । यस संघका मोरङ जिल्ला अध्यक्ष गणेश कुमार साह हुँदा हुँदै अध्यक्षलाई समेत कुनै जानकारी नगराई केही व्यक्तिहरुले समानान्तर कमिटी निर्माण गरि विभिन्न क्रियाकलाप गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । तसर्थ यस संस्थालाई बदनाम नगरी त्यस्ता गैर जिम्मेवार क्रियाकलाप नगर्न नगराउन सबैमा अनुरोध गर्दछौं । साथै समितिका सबै साथीहरुलाई सहमती , सहकार्य चित्त नबुझेको कुरोलाई बैठक र छलफलबाट विधि सम्वत कार्य गर्न सबैमा अनुरोध गर्दछौ र यसको कुनै अर्को समिति छैन , यसको आधिकारीक अध्यक्ष गणेश कुमार साह नै हो भन्ने सबैमा जानकारी गराउन चाहान्छु । साथै नेपाल वैश्य यूवा संघ जिल्ला कार्य समिति मोरडले हाललाई कुनै पनि वनभोज कार्यक्रमको आयोजना नगरेको सवैमा जानकारी गराउन चाहान्छु भनी प्रेस विज्ञप्तीमा लेखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्