१५ चैत्र २०८०, बिहिबार
Tags

ठूलो परिमाणमा अवैध मदिरासहित तीनवटा मोटरसाइकल र एक मानिस जोगवनीमा पक्राउ

राजेश कुमार शर्मा सोमबार, माघ २४, २०७८

विराटनगर / माघ २४, एसएसबी ५६ वी वाहनी हेडक्वार्टर बथनाहको निर्देशनमा सोमबार बिहान नाका टोलीका लीडर सुबोधकुमार सिंहको नेतृत्वमा रहेका जवानहरूले सीमा स्तम्भ १७७/२ नम्बरको १५० मिटरमा कलुआ चोक दुर्गा मन्दिर नजिकैबाट १६५० बोतल उमङ्ग र डिल बरामद गरेको छ ।

भारतीय इलाकामा नेपाली मदिरासहित एक व्यक्ति पक्राउ परेका छन् । साथै तीनवटा मोटरसाइकलमा बजाज सीटी–१००, हिरो एचएफ डिलक्स र यामाहा कार्क्स बरामद गरिएका छन् । बरामद मदिरामा ४ सय ९५ लिटर नेपाली मदिरा, उमङ्गा ब्राण्डको एक हजार ४० बोतल र दिलवाले ६ सय १० बोतल रहेको छ । सोही क्रममा एसएसबीले बिशनपुर वडा नम्बर ६ का गाउँपालिका निवासी १८ वर्षका रविनकुमार यादव नामका एक अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । नेपालतर्फबाट तीनवटा मोटरसाइकलमा मदिराका कार्टुन बोकेर तीन तस्कर भारतीय भूमिमा प्रवेश गरेको भन्दै एसएसबीलाई खबर गरिएको थियो । सूचना प्राप्त हुनासाथ बथनाहा हेडक्वार्टर बाटा विशेष टोली पठाइएको थियो । जहाँ एसएसबीले पीछा गरेर एक अभियुक्तलाई समातेको थियो भने दुई तस्कर बाक्लो हुस्सुको फाइदा उठाउँदै दुईवटा मोटरसाइकल छोडेर नेपालतर्फ भागेका थिए । यस सम्बन्धमा गणका सहायक महारथी अमरेन्द्र प्रताप सिंहले बरामद मदिरा र मोटरसाइकलको बरामद सूची बनाएर थप कारबाहीका लागि जोगबनी प्रहरीलाई बुझाएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्