१३ बैशाख २०८१, बिहिबार
Tags

लागुऔषध भण्डारण गरेको भनी टिकुलिया वस्तीमा एन्टी लिकर टास्क फोर्सको छापा

राजेश कुमार शर्मा आइतबार, फाल्गुण ०८, २०७८

जोगबनी / फाल्गुन ८, एन्टी लिकर टास्क फोर्स र फारबिसगंज पुलिस ले जोगवनीको टिकुलिया वस्तीमा संयुक्तरुपमा छापा मारेर लागुऔषध र विदेशी मुद्रा बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा आइतबार जोगबनीको टिकुलिया वडा नं १० स्थित टिकुलिय बस्तीमा एन्टी लिकर टास्क फोर्स फारविसगन्ज र जोगबनी प्रहरी चौकीले संयुक्त छापा मार्दा मनोज मण्डलको घरबाट ३५ थान पुरानो मोबाइल नेपाली तथा भारतीय मुद्रा फेला परेको थियो ।

यस सम्बन्धमा जोगबनीका एसएचओ अफताब अहमदले अभियुक्तको घरमा ठुलो परिमाणमा लागुऔषध भण्डार गरिराखेको भन्ने प्राप्त भएको जानकारीको आधारमा उनको घरमा छापा मार्दा १ सय १० बोतल कोडिन्युक कफ सिरप तथा स्पास्मो (ट्याब्लेट) १ सय २८ थान, नाइट्रोभेट–१ सय ८२ थान र खाली बोतल–२० थान गरी ट्यापेहरुले बेचेको पुरानो मोबाइल सेट–३५ थान लगाएत ६ लाख १३ हजार नेपाली मुद्रा र ७९ हजार पाँच सय भारतीय रुपैयाँसहित केही बिदेशी डॉलर समेत बरामद भएको उनले बताए । यस घटनामा घरधनी मनोज मण्डललाई पनि हिरासतमा लिएर प्रहरीले अनुसंधान प्रक्रिया अगाडी बढाएको छ । छापामार दलमा एन्टी लिकर टास्क फोर्सलाई जोगबनी प्रहरी चौकी र फारबिसगंज प्रहरीको टोलीले सहयोग गरेकाे थियो ।

यहाँ कमेन्ट गर्नुहोस्