१४ बैशाख २०८१, शुक्रबार
Tags

सीमावर्ती एरियामा ट्राफिक प्रहरीको नबुझिने नम्बर पुनर्लेखन अभियान

रणभूमी शुक्रबार, फाल्गुण १३, २०७८

बिराटनगर / फाल्गुन १२, सवारी दुर्घटना न्यूनीकरण तथा सवारी साधन पहिचान र ट्राफिक नियम सम्बन्धी सचेतना स्वरूप जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको निर्देशनमा सवारीको चाप, बढ्दो दुर्घट्ना र बाटोमा गुड्ने सवारी साधनहरुमा नबुझिने मेटिएको नम्बरको समस्याले गर्दा ट्राफिक प्रहरी बिट रानीले अभियान स्वरुप सडकमै सवारी साधनको नम्बर पुनर्लेखन गर्ने कार्यलाई कडाईका साथ लागु गरेको छ ।

बिराटनगर लगाएत सीमावर्ती एरिया रानीमा दैनिक हजारौंको संख्यामा बस, गाडी, भेन्, ट्याम्पु, सिटी सफारी र मोटरसइकल लगायतका सवारी साधनहरूको चहल पहल भईरहने ठाउँमा भारत बाट पनि सयौ को संख्यामा भारतिय नम्बर भएको सवारी साधनहरू आईरहेको हुन्छ । अन्तराष्ट्रिय सीमा भएको कारण पनि भारत बाट किनमेलको लागि जाने आउने यात्रुहरुको चाप पनि धेरै नै हुन्छ ।

भीडभाड तथा यात्रुहरुको चापले गर्दा सामान्य लापरवाहीले पनि दुर्घटना हुनसक्छ । त्यस्तो प्रकारको दुर्घटना समेत न्यूनीकरण गर्न लापरवाही गर्ने सवारी साधनको नम्बर पहिचान गरी कार्वाहीको दायरामा ल्याउन नम्बर पुनर्लेखनको कार्यलाई तिव्रताका अगाडी बढाएको ट्राफिक प्रहरी बिट रानी प्रमुख प्र.ना.नी. दिलीप चौधरी ले बताए । जस अन्तर्गत २ सय वटा भन्दा बढी सवारी साधनहरुमा नम्बर पुनर्लेखन गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्