१२ बैशाख २०८१, बुधबार
Tags

पश्चिम् नवलपरासीमा सञ्चारिका समुह गठन

उर्मिला यादव यात्री बिहिबार, चैत्र ०३, २०७८

नवलपरासी / चैत ३,पश्चिम् नवलपरासीमा सञ्चारिका समुह पुन गठन गरिएको छ ।

बर्दघाटमा आज भएको समुहकाे भेलाले शान्ति बि.क.काे अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेकाे छ । जसको
उपाध्यक्षमा उर्मिला यादव, सचिवमा रचना चाैधरी, काेषाध्यक्षमा लक्ष्मी अर्याल, सहसचिवमा सम्झना भण्डारी रहनु भएको छ भने सदस्यहरुमा निलम के.सि. र डाेल कुमारी चाैधरी रहनु भएको छ । यस्तै गरि कार्यक्रममा अध्यक्ष बि .क ले समुहले जिल्लामा पत्रकार महिलाको संख्या तथा गुणस्तर वृद्धिका लागि काम गर्ने बताउनु भएको छ । उहाले जिल्लामा पत्रकार महिलाहरु सक्रिय रुपमा अघि बढे पनि महिला पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि अझै पनि तालिमको आवश्यकता रहेको समेत जोड दिनु भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्