०८ बैशाख २०८१, शनिबार
Tags

तेर्हथुमको युवाप्रेममा धोका पाएपछी आफैलाई छुरा हानि आफै पुगे भारतको अस्पतालमा

रणभूमी डेस्क बुधबार, चैत्र ०९, २०७८

विराटनगर / जीवन मृत्यु सँग संघर्ष गर्दै रगतले लतपत एक नेपाली युवा आफै पुगे भारतको फारविशगंज अस्पतालमा ।

शरिर भरी रगतै रगत भएको तेर्हथुम -९ लालीगुराँस बस्ने सुर्य बहादुर लिम्बुको छोरा वर्ष २० को विवेक लिम्बू रहस्यमय तरिका बाट भारतको बिहार राज्य अररिया जिल्लामा पर्ने फारविशगंज अनुमंडलीय अस्पतालमा गम्भीर अवस्था पुगेका थिए ।

युवाको अवस्था गम्भीर भएका कारण फारविशगंज पुलिसले चिकित्सकको निर्देशन अनुसार फारविशगंज अस्पताल बाट अररिया जिल्लामा भएको अस्पतालमा रेफर गरिएको छ ।

लिम्बु साथमा भएको परिचय पत्रले नेपाली युवा भएको र घटनाको बारेमा थप अनुसन्धान गर्ने क्रममा बुझ्दै जाँदा लिम्बुले प्रेममा धोका पाएर तिन दिन अगाडि आफैलाई चक्कुले हानेर घाईते भई आफै अस्पताल पुगेको खुलेको फारबिसगंज थानाध्यक्ष एन के यादवेन्दुले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्