१२ बैशाख २०८१, बुधबार
Tags

मादक पदार्थ र गाँजा सेवन गरेर आफ्नै ९ वर्षीय छोरीलाई निर्घात कुटपिट

पवन विक्रम शाह शनिबार, चैत्र १२, २०७८

विराटनगर / कटहरी गाउँ पालिका २ मा एक पिताले मादक प्रदार्थ तथा गाँजा सेवन आफ्नै ९ वर्षीय छोरीलाई निर्घात कुटपीट गरेका छन् ।

शुक्रवार दिउँसो मलिक थर भएको मान्छेले आमा घरमा नभएको बेला कक्षा २ मा पढ्ने आफ्नै ९ वर्षीय छोरीलाई पेन्ट माथि कम्मरमा लगाउने बेल्टले बालिकाको कुनै गल्ती नभई नभई पनि मादक पदार्थ र गाँजा सेवन गरेर बालिकालाई निर्घात कुटपीट गरेको थियो । कुटपीट पश्चात बालिकाको शरीर भरी निलडाम बसेको छ । कुटपीटको क्रममा बालिका अचेत भए पछि बालिकालाई कुनै किसिमको उपचारको लागि समेत नलागेको बालिकाकी आमाले रणभूमिलाई बताए । बालिकालाई कुटपिटको कारणले पिसाबमा समेत समस्या आएको बालिकाकी आमाले बताईन् । आर्थिक समस्याका कारण बालिकालाई उपचार गर्न समेत लान नसकिएको आमा बताउँछिन् । आमाले तत्काल घटना बारे प्रहरीलाई जानकारी गराएको थियो । मलिकले पटक पटक बालिकाकी आमा र बालिकालाई कुटपिट गर्दै आएको हुनाले प्रहरीले पनि सम्झाई बुझाई गरेर मालिकलाई छाडिदिएको थियो ।

मलिकले पहिले पनि बालिकाको किताब च्यातिने विद्यालयको पोसाकहरु जलाइदिने पिट्ने गरेको आमा बताउँछिन् ।

नै वर्षीय बालिका भन्छिन् बुवाले धेरै कुटो सबै ठाउँ दुखीरहेको छ तर मेरो बुवालाई पक्डेर नलानुस एक चान्स दिनुस् भन्छिन् ।

यहाँ कमेन्ट गर्नुहोस्