१३ बैशाख २०८१, बिहिबार
Tags

रानी नाकामा शौचालय छैन भनी भारतिय पर्यटकहरुको गुनासो, दिसा/पिसाब लागे कहाँ जाने

रणभूमी डेस्क शनिबार, चैत्र १२, २०७८

विराटनगर / विराटनगर महानगरपालिकामा पर्ने तथा १ नं. प्रदेशमा सबै भन्दा बढी भारतिय पर्यटकहरु आउने मुख्य बाटो नेपाल भारत अन्तराष्ट्रिय सीमा रानी-जोगबनी नाकामा सार्वजनिक शौचालय नभएर पर्यटकहरुलाई समस्या हुनेगरेको छ ।

बदलिँदो मौसम सँगसँगै बढ्दै गरेको गर्मीका कारण धेरै भारतिय पर्यटकहरु आफ्नो परिवार सहित गर्मीमा चिसो मौसमको अनुभूति गर्न, प्रदेश भित्र भएका शितल तथा पर्यटकिय स्थलहरु घुम्न, रमाउन नेपाल आउने गर्दछन् । पर्यटकहरु आफ्नो लक्ष्य अनुसारको गन्तव्य सम्म पुग्न नेपाल प्रवेश गरिसकेपछि भारतिय सवारी साधनको नेपाल प्रवेश अनुमति लिन केही बेर बिराटनगर भन्सार कार्यालयको रानी नाकामा रोकेर प्रक्रिया पूरा गर्छन् । सवारी अनुमति प्रक्रियाको लागि लगभग २० मिनेट देखि १ घण्टा सम्मको समय लाग्छ । भारतिय पर्यटकहरु धेरै बेर रानी नाकामा बस्दा धेरैलाई शौचालयको खाचो परिरहेको हुन्छ । पुरुषहरु बाटो घाटोम लघुसंका/दीर्घशंका (दिसा/पिसाब) का लागि विकल्प रोजे पनि खास गरी महिलाहरु शौचालय अभावका कारण समस्यामा पर्ने गरेकी छिन् ।

रानी नाकामा भारतीय पर्यटकहरुको लागि मात्र नभई नेपाल बाटै किनमेलको लागि भारत जाने र फर्किनेको लागि पनि रानी एरियामा कहीं सार्वजनिक शौचालयको व्यवस्था नभए पछि महिलाहरुलाई बढी समस्या हुनेगरेको आगन्तुकहरु बताउँछन् ।

रानी नाका हुँदै दैनिक २० हजार बढी मानिसहरू नेपाल भारत गर्ने गरेका छन् । रानी टेक्सी स्टेण्ड र ट्याम्पु स्टेण्डमा यात्रुहरुको चाप पनि बढी नै हुन्छ । तर कसैलाई दिसा पिसाब लाग्दा छटपटीनु बाहेक विकल्पनै हुँदैन ।

भन्सार कार्यालयको रानी नाकामा ३ नं गेट नजिकै एउटा सार्वजनिक शौचालय बनाए पनि त्यो प्रयोगमा आईसकेको छैन ।

विराटनगर महानगर पालिकाले पर्यटकहरुको निम्ति एउटा घुम्ती शौचालयको व्यवस्था गरिदिए धेरै राहत हुनसक्ने देखिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्