१३ बैशाख २०८१, बिहिबार
Tags

सन्तोष लामालको ग्रो योर लाइफ एण्ड बिजनेस कार्यक्रम विराटनगरमा हुने

रणभूमी डेस्क आइतबार, चैत्र १३, २०७८

विराटनगर / विराटनगरमा आउदो शनिबार चैत १९ गते ग्रो योर लाइफ एण्ड बिजनेस कार्यक्रम हुने भएको छ । ब्यापार को वास्तविक ज्ञान र अनुभवी को अनुभव बाड्दै आएको यु ट्यूब च्यानल “इंस्टीट्यूट अफ डाईरेकट सेलिंग नेपाल” को आयोजनामा रोडशेस स्थित होटल स्वागतममा उक्त कार्यक्रम हुने भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसले संसार ग्रसित भईरहेको यो परिपेक्षमा व्यापार व्यवसाय पनि ठप्प जस्तै भएको छ । व्यापार व्यवसायी धरासायी बन्दै गइरहेको परिबेशमा कोभिड पश्चात आफ्नो व्यवसायलाई वृद्धि गरि जीवनयापन कसरि सरल बनाउने भन्ने बिषयमा प्रशिक्षण दिइने छन् । कार्यक्रममा प्रशिक्षक सन्तोष लामाले आफ्नो व्यवसाय कसरि दश गुणा वृद्धि गर्ने भन्ने बारेमा विभिन्न टिप्स तथा उपायहरुबारे जानकारी दिइने छ । सन्तोष लामाले बिगत ७ बर्ष देखि ट्रेनिङ दिदै आईरहेका छन् । लामाले हाल सम्म १० हजार भन्दा बढि व्यक्तिहरुलाई आफ्नो ट्रेनिङ नेपालका विभिन्न शहरहरुमा दिईसकेको छ । र उहा द्वारा लिखित पुस्तक “सफलताको ब्लुप्रीन्ट” हाल बजारमा उपलब्ध छ ।

दैनिक ठुलो संख्यामा बिदेशीरहेका युवाहरुलाई स्वदेशमै रही व्यापार व्यबसाय गर्न उत्प्रेरित गर्दै ब्यापार मा आउने समस्यालाई सामना गर्ने र अगाडी बढ्न चाहिने वास्तविक ज्ञान विभिन्न अनुभवी लिडर बाट अन्तरबार्ता माध्यम बाट शिक्षा पुर्याउने लक्ष्य रहेको च्यानलका अध्यक्ष अनिकेत ठाकुरले बताए । यस्ता कार्यक्रमहरुले युवाहरुमा उत्प्रेरणा जगाई उद्धमशिल बन्न अभिप्रेरित गर्ने उनको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्