०८ बैशाख २०८१, शनिबार
Tags

बहुप्रतिभशाली कलाकार, पत्रकार, अभियान्ता वीरेन्द्र साह सुनवर्षी न.पा.को मेयरका आकाक्षि

रणभूमी डेस्क बिहिबार, चैत्र १७, २०७८

सुनवर्षी / मोरङको सुनवर्षी नगरपालिकामा भावी नेतृत्वबारे चासो र चर्चा हुन थालेको छ । नेपाली कांग्रेसको प्रभाव रहेको सो नगरपालिकामा नेपाली कांग्रेसबाट टिकटकालागि दजनौं सम्भावित उम्मेदवारहरु नेताहरु केन्दिय नेताहरु नियमित सम्पर्कमा छन् ।

नेपाली कांग्रेसबाट दर्जनौ उम्मेदवारले ईच्छा देखाएपनि २६ बर्षीय बीरेन्द्रकुमार साहको नाम मेयरको रुपमा सर्वाधिक चर्चामा छ। साह हाल नेपाली कांग्रेसबाट मुलुककै सम्भवत कान्छो जिल्ला सदस्य खुल्लातर्फ अत्याधिक मतका साथ नेपाली काङ्ग्रेस मोरंगको जिल्ला सदस्यमा निर्वाचित भएका छन्। उनि गाउदेखि सहरसम्म सबैका प्रिय पात्रका रुपमा आफुलाई स्थापित गरेका छन्।

धार्मिक, सामाजिक कार्यमा निकै अब्बल देखिएका उनि विपन्न र पीडामा रहेका व्यक्तिहरुलाई तत्कालै सहयोग गर्दै आएका छन्। पच्छिल्लो समय कसैलाई केहि समस्या पर्यो भने प्राय साहलाई नै सम्झने गरेका छन् साह सुनवर्षी नगरपालिका भित्रमात्रहोईन बहिरा पनि लोकप्रिय छन् । पत्रकार समेत रहेका २६ बर्षीय युवा नेता साहको बारेमा धेरै पहिला देखि नै बिभिन्न मिडीयामा सुनवर्षी नगरपालिकाको मेयरमा बीरेन्द्रकुमार साहको चर्चा भनेर समाचारहरु प्रकाशन प्रशारण हुदै आएको छ।

अन्य नेताहरु जस्तो चुनाव आउदा मात्र होईन साह स्थानिय, पार्टीको नेता कार्यकर्ता तथा आम नागरिकसंग दिनहँु भेटघाट गर्ने, पिडीतहरुलाई सहयोग गर्ने जस्ता कार्य गर्दै आईरहेका छन् । उनको लोकप्रियता देखेर पार्टीभित्र पनि आगामी मेयरकोलागी उनको नाम चर्चामा आएको छ । उनलाई स्थानिय नेता, कार्यकर्ता तथा आम नागरिकहरुले अबको सुुनवर्षी नगरपालिकाको मेयको रुपमा उम्मेदवारि दिनु पर्नेमा जोड दिएका छन् ।

साहको नाम मेयरको रुपमा चर्चामा आएपछि हामीले उनीसंग कुरा गर्दा उनले भने यदी पार्टीले मलाई बिश्वाश गरेर सुनवर्षी नगरपालिकाको मेयरको रुपमा टिकट दिएमा म मेयरको उम्मेदवारी दिन पुर्ण रुपमा तयार छु । पार्टीले मलाई टिकट दिएमा सुनवर्षी नगरपालिकाका सम्पूर्ण नागरिकहरुले अवश्य मलाई सेवा गर्ने मौका दिनु हुने छ। म तँ मन धन सबै लगाएर सुनवर्षी नगरपालिकाको जनताको हितकोलागि सदैव काम गर्ने छु। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हामीले काम गर्नु पर्छ। नगरको जनताको जीवन स्तर सुधार गर्ने जिम्मा पनि सम्पूर्ण राजनीतिक दल कै हो जनप्रतिनिधिकै हो यस बिषयमा गम्भिर रुपमा मनन गर्न आवश्यक छ।

यहाँ कमेन्ट गर्नुहोस्