१६ चैत्र २०८०, शुक्रबार
Tags

रमपम ट्रेड एक्स्पो मेलाको पर्यटन मन्त्री प्रेम आलेले गरे उद्घाटन, ९ दिन सम्म लाग्ने छ मेला

रणभूमी डेस्क शुक्रबार, चैत्र १८, २०७८

विराटनगर / विराटनगरमा ९ दिनसम्म संचालन हुने गरी आजदेखि विराट ट्रेड एक्स्पो सुरु भएको छ । एक्स्पोको आज औपचारिक रुपमा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गरे ।

एक्स्पोमा ८० वटा एयर कण्डिसन सहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेको छ ।

रमपम ट्रेड एक्सपो २०७८ संयोजक बेगवानीका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी विद्यमान उत्पादन र सेवाको प्रदर्शन तथा व्यापार गर्ने लक्ष्य राखिएको छ । एक्स्पोको लक्ष्य उत्पादक र उपभोक्तालाई एकै ठाउँमा ल्याएर यसलाई व्यापार र लगानीका सम्भावना खोज्ने थलोका रूपमा स्थापित गर्ने, उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन र सेवाको प्रदर्शनी एवम् देश र विदेशमा आफ्नो बजार विस्तार र विविधिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको बेगवानीले बताए ।

नेपाल र छिमेकी राष्ट्र भारतको बिहार बाट गरी तीन लाख बढी मानिसहरू एक्स्पोमा सहभागि हुने तथा दर्शकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारबाट सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गरिनेछ । त्यस्तै मेलाको अन्य आकर्षणहरुमा जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि गरिएको छ भने फोटो तथा टिकटक प्रेमीहरूका लागि लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्तो आकर्षक प्रतिरुपहरु राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्