०७ बैशाख २०८१, शुक्रबार
Tags

मलाई मेरो पार्टीले जे निर्देशन दिन्छ म काम गर्न तयार छु – अनिल ठाकुर

पवन विक्रम शाह आइतबार, चैत्र २०, २०७८

स्थानिय निर्वाचन घोषणा भए संगै अहिले हरेक स्थानिय तहमा मेयर उपमेयर,वडाअध्यक्ष को हुने भन्ने चर्चा सुरु भएको छ। फरक फरक पार्टीलाई राजनीतिक धार बनाएर राजनीति गर्दै आएका स्थानिया तथा केन्द्रिय नेता यति बेला धमाधाम टोल टोलमा घुमिरहेका छन् । स्थानिय चुनावमा आफ्नो विजयीको अनुकुल बनाएर टिकट पाउँने दाउपेजमा राजनीतिक स्रष्टाहरुमा पार्टी परिर्वतन पनि उत्तिकै देखिएको छ ।

लामो समय देखि जसपाबाट राजनीति गर्दै आएका अनिल कुमार ठाकुर जहदा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार हुने चर्चा पनि ब्यापक हुन थालेको छ। जसपा युवा संगठनको केन्द्रिय अध्यक्ष समेत रहेका देशभरि नै काम गरेका ठाकुर अघिल्लो चुनाबमा पार्टीले वडाबाटै यस पटक चुनाव लड्न निर्देशन दिएपछि उनले पार्टीको निर्देशन सिरोधार्य गर्दै वडामा लडे, फलस्वरूप उनले जहदा -३ बाट लोकप्रिय मत ल्याउदै चुनाव पनि जिते। बिगत ५ बर्षको आफ्नो कार्यकालमा उनले गरेको लोकप्रिय कामहरुले उनको चर्चा देशभरि नै हुन थालेको छ। ठाकुरले वडाको बजेटबाट नै जहदा गाउँपालिकाभरिका स्वास्थ्य स्वयंसेबिकाहरुलाई साईकल वितरण गरेर तथा कोरोना महामारीको समयमा घर घरमा स्वास्थ्यकर्मीको टिमसंग गएर गरेको एन्टिजेन टेस्ट लगायतको कामले देशभरि नै उनको लोकप्रियता बढेको छ। ठाकुरलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिन धेरै स्थानीय नागरिकहरुलेअनुरोध गर्ने गरेको ठाकुरका सुभचिन्तकहरु बताउछन्। ठाकुरले स्थानिय जनताको सुख दुखमा साथ दिएका छन् र उनि जहदा गाउँपालिकामा लोकप्रिय छन्। तिनै अनिल कुमार ठाकुरसंग गरिएको कुराकानी कुराकानी प्रस्तुत गरिएको छ।

तपाईको पाँच बर्षको कार्यकालमा तपाई आफ्नै कार्यबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

म गत निवार्चनमा निवार्चित भएपछि पाँच बर्षमा गरेको कार्यहरुमा पुर्ण रुपले सन्तुष्ट छु । मैले जनताको चाहना अनुसार, काम गरेको छु। जनताको सुख दुखमा साथ दिएको छु। स्थानियले म माथि गरेको बिश्वाशलाई टुट्न दिएको छुईन स्थानिय नागरिकहरुको सेवामा दिन रात खटेको छु।

अघिल्लो चुनावमा बाचा गरेको सबै काम पुरा गर्नु भयो त ?

मैले र मेरो पार्टीले आम नागरिकसंग जति बाचा गरेका थियौ हामीले बाचा पुरा गरेका छौ। हामीले स्रोत र साधनले भ्याएसम्म नागरिकको हितमा काम गरेका छौ। हामि अरु जस्तो बाचा गर्ने तर काम नगर्ने होईन हामि जति सक्छौ त्यति बाचा गर्छौ र बाचा गरेमको काम पुरा पनि गर्छौ । अझै कति सपनाहरु मैले जनताकोलागि सोचेको छु देखेको छु त्यो सपनाहरु क्रमस पुरा गर्दै जाने छु।

तपाईले वडाअध्यक्षको रुपमा काम गरीरहदा कतिको कानुनी तथा अन्य समस्या तथा चुनौतिहरुको सामना गर्नु भयो ?

हामीले सोचे जस्तो थिएन सिमिति स्रोत र साधनले धेरै कामहरु गर्नु पर्यो। जनताको हरेक समस्याको समाधान गर्नु पर्थ्यो। दिन राता नभनी स्थानीयहरू आफ्नो समस्याहरु लिएर आउनु हुन्छ म उहाँहरुको काम गर्न दिन रात हेर्दिन जुनसुकै समयमा पनि उहाँहरुको काम गर्छु। काम गर्दै जादा चुनौतिहरु पनि धेरै आयो कति ठाउँमा धेरै काम गर्नु पर्ने तर बजेट हुदैन थियो सिमित बजेटले काम गर्नु पर्थ्यो। कहिले काही कानुनले नमिल्ने कामहरु गरिदिन धेरै नेताहरुको दवाब पनि आउथ्यो त्यो,कति जनाले नहुने कामकोलागि नेताहरुको सोर्स पनि लगाउनु हुन्थ्यो तर कानुनले गर्न नमिल्ने काम मैले कहिले पनि गरिन र गर्दिन पनि बरु आउने सबै चुनौतिहरुको सामना गर्न तयार रहन्छु।

तपाई वडाअध्यक्ष मात्र नभएर गाउँपालिकाको प्रवक्ता समेत हुनुहुन्छ । यस जहदा गाउँपालिकाले गरेको कार्यलाई कसरी मुल्याङन गर्नु हुनुहुन्छ ?

जहदा गाउँपालिकाले बिकास गरेको छ । किनभने हामी वडाहरु गाउँपालिकाकै अङ्ग हौ वडाहरुले गरेको बिकास भनेकै गाउँपालिकाको बिकास हो । हामीले टिम वर्क गरेका छौ स्रोत र साधनले भ्याएसम्म हामीले काम गरेका छौ। अझै धेरै योजनाहरु बांकि छ। हामीले भिजन बनाएका छौ केहि कामहरु कोरोना महामारीका कारणले गर्न सकेनौ हामि फेरि निर्वाचित भएर आयौ भने पक्कै पनि अधुरो रहेको कामहरुय हामि पुरा गर्ने छौ ।

वडाअध्यक्ष भएर काम गर्नु भयो अब त गाउँपालिकाको अध्यक्ष बनाउन जनताहरु लागिरहेको छ चर्चा छ त के गर्नु हुन्छ यस बिषयमा ?

मलाई मेरो पार्टीले जे निर्देशन दिन्छ म काम गर्न तयार छु। जहदाको स्थानीयले म प्रति देखाउनु भएको अपार माया र सानुभुतिले गर्दा काम गर्न अझ हौसला मिलेको छ र जनताको हितमा सदैव काम गर्ने छु म जुनसुकै पदमा भएपनि नभए पनि जहदा गाउँपालिकाको बिकास र प्रवर्दन मा सदैव अग्र स्थानमा रहेर काम गर्ने छु र आउदो स्थानिय निर्वाचनमा धेरै जना स्थानीयले मलाई पटक पटक गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन सुझाव दिनुभएको छ ,अब पार्टीमा नि सर सल्लाह गरेर म सबैको राय सुझावले कदम अगाडी बढाउने छु।

मानौ पार्टीले तपाईलाई जहदा गाउँपालिकाको अध्यक्षको टिकट दियो भने चुनाव जित्ने आधारहरु के के छन्?

जहदा गाउँपालिकाको अध्यक्ष पदमा मलाई पार्टीले जिम्मेवारी दिएको खण्डमा जित्ने आधारहरु धेरै छन्। म वडा अध्यक्षको रुपमा काम गर्दा कसैलाई काखा र पाखा नगरी सबैकोलागि बराबारी काम गरेको छु। कुनै बिवादिद काम गरेको छुईन्। अहिलेसम्म एक रुपैया हिनामिना गरेको छूईन। वडाको कुनै पनि बजेट फजुल काममा खर्च गरेको छुईन अहिले पनि तन मन र बचनले जनताको सेवामा दिन रात खटेको छु। युवा ,बालबालिका ,बृद्द सबैको चाहना अनुरुपको कामहरु गरेको छु। अझ धेरै योजना र भिजन छ म संग काम गर्न। यदि मैले जिम्मेवारी पाए भने देशभरिमा नै जहदा गाउँपालिकलाई नमुना गाउँपालिकाको रुपमा चिनाउने भिजन र योजना म संग छ। जित्ने आधारहरु धेरै छन् जनताको माया र आशिर्वाद पाएको छु यो भन्दा बढी के चाहियो र मलाई।

चुनाबमा धैरै उम्मेदवारहरु हुन्छ, त्यसमध्ये तपाईलाई जनताले किन रोजें ?

जनताले मलाई नै रोज्नु पर्छ म भन्दिन। सबैले आ -आफ्नो विवेकको प्रयोग गरेर आफ्नो जनप्रतिनिधि छनोट गर्नुहुने छ। सबैलाई कामको आधारमा मुल्यांकन गरेर रोज्नु पर्छ कसले के-के काम गरेको छ त्यो काम जनताको हितमा थियो कि थिएन ?सबैको हिसाब किताव गरेर जनताले आफ्नो जनप्रतिनिधि छनोट गर्नु पर्छ। यदि मैले जनताको हितमा काम गरेको छु भने मलाई रोज्नु हुन्छ यदि काम गरेको छुईन भने अरु धेरै उम्मेदवार हुन्छन् त्यस मध्ये जसलाई रोज्दा नि हुन्छ त्यो सबैको अधिकारको कुरा हो। यस पटकको निर्वाचनमा सबै जनताले आ-आफ्नो बिवेकको प्रयोग गरेर मतदान गर्नु होला।

पार्टीले टिकट दिएन भने के गर्नुहुन्छ ?

हैन , मैले सुरुमै भनेको छु, कि पार्टीले मलाई जुन पदको लागि कार्यभार दिन्छ म त्यही स्वीकार गर्छु। यदी पार्टीले मलाई कुनै पदको कार्यभार दिएन भने म पार्टीको एउटा सधारण सदस्य भएर पनि काम गर्ने छु । धेरै लोभ र लालच मभित्र छैन म जनताको काम गर्न जनताको सेवा गर्न जनप्रतिनिधि बन्ने हो। मेरो कुनै पनि ब्यक्तिगत स्वार्थ छैन र मै हुनु पर्छ भन्ने पनि छैन बस जहदा गाउँपालिकाको बिकास हुनु पर्यो यहाँको स्थानीयको जिवन स्तरमा असुधारा आउनु पर्यो यति भए मलाई पुग्छ अरु केहि चाहिदैन मलाई।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

हामि कसको लागी राजनीति गर्दै छौ ?केकालागि राजनीति गर्दै छौ ?यो बिषयमा स्पष्ट हुन जरुरि छ। जुनकुनै दलबाट राजनीति गर्दा पनि देश र जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ। ब्यक्तिगत स्वार्थलाई त्यागेर जनताको जीवन स्तर सुधार हुने कामहरु गर्नु पर्छ जनताको भलाईकोलागि राजनीति गर्नु पर्छ ,देश र जनताको हितमा काम गर्नु पर्छ। म सबै दलका नेता तथा कार्यकर्तासंग बस यही अनुरोध गर्दछु।

यहाँ कमेन्ट गर्नुहोस्