०८ बैशाख २०८१, शनिबार
Tags

तेलि साह समाजको १५ सदस्य पालिका कार्यसमिति गठन

उषा सरदार सोमबार, चैत्र २१, २०७८

जहदा (मोरङ्ग) / तेलि साह समाजको ७ औं पालिका स्तरीय वार्षिक साधारण सभा सम्पन्न भएको छ।

तेलि जातिको हक अधिकारको संरक्षण र सम्वर्धनका निम्ति नेपाल भरी छरिएर रहेको तेलि साहलाई समाजमा बाधी उहाहरुको निम्ति अवाज उठाउने उदेश्यले २०७१ सालमा जहदा गाउँ पालिका स्तरीय तेलि साह समाजको गठन गरि काम गर्दै आईरहेको छ । तेलि समाजको मोरङ्ग जिल्ला अध्यक्ष नरेन्द्र साहको प्रमुख आथित्यमा भएको सभामा समाजको लागि काम गरेर समाजमा पुर्याएको सहयोगलाई कदर गर्नु हुँदै समाजले विभिन्न ब्यक्तीलाई सम्मान गरेको छ। समाजले ७ औ पालिका स्तरीय वार्षिक साधारणसभाको अवसरमा सोहित साहको नेतृत्वमा १५ सदस्य पालिका कार्यसमिति गठन गरिएको छ। गठन गरिएको नयाँ समितिमा सभाले उपाध्यक्षमा रामदेव साह,श्रवण साह, सचिवमा राजकुमार साह,सह सचिबमा दिलिप साह , मंतोष साह र सदस्यहरुमा ओमनलाल साह,संगिता देवी साह र नितेश साह लगायत १५ सदस्य नयाँ समिती चयन गरिएको छ। भने सल्लाहकार संयोजकमा दिलिप साहलाई चुनिएको छ। कार्यक्रममा तेलि साह समाजको भवन निर्माण गर्नका लागि जहदा गाउँपालिका निवासी लाखपती साहले २ कठा १ धुर जग्गा समाजलाई उपलव्ध गराउनु भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित