१२ बैशाख २०८१, बुधबार
Tags

एसएसबी ५६औं बटालियन बथनाहामा २३३ आरक्षिहरुको भयो भव्य दीक्षांत समारोह

राजेश कुमार शर्मा सोमबार, चैत्र २१, २०७८

जोगबनी / एसएसबी ५६औं बटालियन बथनाहाको प्राङ्गणमा २ साय ३३ जना नयाँ आरक्षीहरु द्वारा अनुशासित एवं मनमोहक परेडको साथ अत्यंतै भव्य दीक्षांत समारोह को आयोजना गरिएको थियो ।

कार्यक्रमको प्रारंभमा मुकेश कुमार सिंह मुंडाले यो अवसर पर उपस्थित मुख्य अतिथि संजय कुमार सारंगी, उप महानिरीक्षक क्षेत्र कार्यालय मुख्यालय एस.एस.बी. पूर्णिया तथा समस्त अतिथिहरुको हार्दिक स्वागत तथा अभिनंदन गर्दै सबै प्रति आभार व्यक्त गरेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रीय ध्वज तथा सशस्त्र सीमा बलको ध्वज अगाडी भारतीय संविधानलाई साक्षी राखेर कुमार राजीव रंजन, प्रशिक्षण अधिकारी, द्वितीय कमान अधिकारी द्वारा सबै २३३ नयाँ आरक्षीहरुको ईमानदारी, कर्तव्यनिष्ठा तथा समर्पणको साथ सर्वोत्तम सेवा, राष्ट्र सेवा गर्ने शपथ ग्रहण गराएको थियो । नयाँ आरक्षी भारत देशको जम्मा ९ राज्यमा आंध्रप्रदेश, असम, बिहार, झारखंड, महाराष्ट्र, उड़ीशा, उत्तरप्रदेश, उत्तराखंड, तथा पश्चिम बंगाल बाट सामेल भएका थिए ।

पछिल्लो ४४ हप्ताको कठिन प्रशिक्षण पछाडि विभिन्न विधाहरुमा उत्कृष्ट स्थान प्राप्त गर्ने नयाँ आरक्षीहरुलाई मुख्य अतिथि द्वारा स्मृति चिन्ह लगाई सम्मानित गर्दै उत्साहवर्द्धन गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्