१२ बैशाख २०८१, बुधबार
Tags

जि.प्र.का मोरङको नयाँ प्रहरी प्रमुख कोईराला, निर्वाचन शान्तिपूर्ण बनाउन ध्यान केन्द्रित

रणभूमी डेस्क सोमबार, चैत्र २१, २०७८

विराटनगर / एसपी शान्तिराज कोईरालाले जिल्ला प्रहरी कार्यालय मोरङको नयाँ कार्यालय प्रमुखको रुपमा नेतृत्व सभालेका छन् ।

यो भन्दा अगाडी उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत प्रहरी उपरीक्षक कोईराला चैत १९ गते देखी जिल्ला प्रहरी कार्यालय मोरङको नेतृत्व सम्भालेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङको एसपी जनार्दन जिसिको सरुवा भएपछि नयाँ कार्यालय प्रमुख एसपीको रुपमा कोईराला मोरङ आएका हुन् ।

कार्यभार सम्भाले पछि जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कोईराला र सञ्चारकर्मी बीच परिचयात्मक कार्यक्रम आयोजना गरेकाे थियो । सोही अवसरमा बोल्दै एसपी कोईरालाले प्रहरी नियमावली तथा ऐन कानुनद्वारा निर्धारण गरिएको काम, कर्तब्य र जिम्मेबारी अनुसार कार्यसम्पादन गर्ने बताए । एसपी कोईराला दुर्घटना तथा तस्करी न्युनिकरण गर्नको लागि प्रभावकारी भुमिका निर्वाह गर्ने, सञ्चारकर्मीको आवश्यकता अनुसारक सुचना प्रवाह गर्न एकद्वार प्रणालीको ब्यवस्था गर्ने वताए । आसन्न निर्वाचन शान्तिपुर्णरुमा सम्पन्न गराउन प्रहरीले पुर्ण ध्यान केन्द्रीत गरिरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्