०७ बैशाख २०८१, शुक्रबार
Tags

रङ्गेली नगरपालिकामा रणभूमिको कुनै पनि प्रतिनिधि राखिएको छैन

रणभूमी डेस्क सोमबार, चैत्र २१, २०७८

रङ्गेली / रास्ट्रको चौथो अंग मानिने सञ्चार माध्यमहरुमा राम्रो पक्ष संग सँगै सञ्चार माध्यमको नममा विकृति पनि व्यापक रुपमा बढेको छ ।

सोही क्रममा मोरङ्ग जिल्लाको रङ्गेली नगर पालिकामा पनि केही व्यक्तिहरू हाम्रै सञ्चार माध्यम रणभूमि डटकम तथा रणभूमि साप्ताहिकको नाम लिएर मर्यादा विपरीत कार्यहरु गरिरहेको जानकारी प्राप्त भएको छ ।

अहीले रंगेली, सुनवर्शी तथा धनपाल थानको पालिका हरुमा कुनै पनि प्रतिनिधिहरू समाचार, विज्ञापन वा कुनै पनि कार्यक्रको लागि राखिएको/खटाईएको छैन ।

रङ्गेली नगरपालिका बाट केही व्यतीहरुले रणभूमि डटकम तथा रणभूमि साप्ताहिकको नाममा सर्वसाधारण तथा केही सरकारी गैरसरकारी कार्यालयको कर्मचारीहरुलाई पत्रकार हु भनी धाक देखाई मर्यादा विपरित कार्यहरु गरिरहेको सुनिएको छ । त्यस्तो प्रवृति भएको कोही व्यक्ति कसैको संपर्कमा आएमा तुरुन्त स्थानिय प्रहरी चौकीमा खबर गरी कार्वाहीको दायरामा ल्याउन अनुरोध समेत रणभूमिले गर्दछ ।

हाम्रो सञ्चार माध्यममा सबै सञ्चारकर्मीहरुको विवरण परिवारमा समावेश गरिएको छ र यस देखि बाहेकका कोही पनि हाम्रो सञ्चार माध्यममा काम गर्ने वा प्रतिनिधि नरहेको बिश्वस्त गराउन चाहन्छु ।

यहाँ कमेन्ट गर्नुहोस्