१३ बैशाख २०८१, बिहिबार
Tags

रमपम ट्रेड एक्सपो मेला एक दिन थप, ५ दिनमा १५ करोडको कारोवार

Maithilionline.net बुधबार, चैत्र २३, २०७८

विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्सपोमा वितेको ५ दिनमा १ लाख ८० हजार सर्वसाधारणले अवलोकन गरेका छन भने १५ करोड बढीको कारोबार भएको छ ।

एक्सपो आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी गराएको हो । चैत १८ बाट शुरु भएको एक्सपोमा चैत २१ सम्म ५ दिनको अवधिमा १ लाख ८० हजार बढीले अवलोकन गरेको आयोजक मोरङ ब्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिनुभयो ।

उपभोक्ता र अवलोकनकर्ताको आगमन निरन्तर बढ्ने क्रममै रहेकाले मेला समापनको अवधिसम्म आफुहरुले लिएको लक्ष्य अनुसारको आर्थिक कारोबार हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो । पछिल्लो समय देखिएको आर्थिक मन्दिको समयमा समेत ब्यापार मेला सफलता उन्मुख रहेको उहाँले बताउनुभयो । यसैबीच आयोजक समितिले मेलाको अवधि एकदिनकालागि थप गरेको छ ।

दर्शक तथा उपभोक्ताहरुको निरन्तरको आग्रहपछि मेलाको समयावधि एक दिनकालागि थप गरिएको मेला आयोजक समितिका संयोजक विकास कुमार बेगबानीले बताउनुभयो । यसअछि चैत १८ बाट शुरु भएर २६ गते एक्सपो समापन गर्ने मिति निर्धारण गरिएपनि दर्शकहरुको आग्रहलाई ध्यानमा राखेर थप एकदिन आर्थात चैत २७ गते मेला समापन गरिने उहाँले जानकारी दिनुभयो ।

समापनकोदिन बिहान ११ बजे मेलास्थलमा मुख्यमन्त्री को प्रमुख आतिथ्यमा कार्यक्रम गरिने यस्तै साँझ सुप्रसिद्ध गायक कलाकार एड्रिन प्रधानको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।

हालसम्म १४ वटा विद्यालयका विद्यार्थीहरुलाई निशुल्क एक्सपो अवलोकन भ्रमण गराईसकिएको आयोजक समितिले जनाएको छ । मेलामा इलेक्ट्रोनिक्स र सवारीसाधनको ब्यापार राम्रो भइरहेको जनाइएको छ ।
Maithilionline.net बाट

यहाँ कमेन्ट गर्नुहोस्