१४ बैशाख २०८१, शुक्रबार
Tags

विराट ट्रेड एक्सपो मेला समापन

रणभूमी डेस्क सोमबार, चैत्र २८, २०७८

विराटनगर / विराटनगरमा चैत्र १८ गतेदेखि शुरु भएको विराट ट्रेड एक्सपो भव्य सफलता का साथ आईतवार समापन भएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरेर औपचारिकरुपमा आयोजक मोरङ ब्यापार संघले एक्सपोको समापन गरेको हो चैत्र १८ गते देखि २६ गते सम्म एम्सपो मिति निर्धारण गरेपनि दर्शकहरुको विशेष आग्रहमा आयोजक समितिले १ दिन मेला थप गरेर चैत्र २७ गते समापन गरेको हो ।

समापनको अवसरमा मेला आयोजनामा सहयोग गर्ने ब्यक्तीहरुलाई सम्मान सम्मान समेत गरिएको थियो । कार्यक्रमका बीच मेलामा विभिन्न प्रकारले उत्कृष्ट भएको स्टलहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्