१३ बैशाख २०८१, बिहिबार
Tags

४६ थान मानव कंकाल सहित एक डाक्टर सशस्त्र द्वारा रानी नाकाबाट पक्राउ

रणभूमी डेस्क मंगलबार, चैत्र २९, २०७८

विराटनगर / विराटनगर भन्सार कार्यालयको रानी नाकाबाट एक जना भारतीय डाक्टरलाई सशस्त्र प्रहरीले नेपाल बाट भारत तर्फ अवैध रुपमा लादै गरेको मानव कंकाल सहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी बाट सप्रनी प्रभात गौतमको कमाण्डमा खटेको टोलीले भारतको बिहार पुर्णिया जिल्लाको पूर्णिया घर भएका २६ वर्षीय आदित्य सिंन्हालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले आज विराटनगर–१५ स्थित भन्सारको मुख्य नाकाको १ नम्बर गेटबाट मानब अंगसहित सिन्हालाई पक्राउ गरेको हो ।

सिन्हाको साथबाट सशस्त्र प्रहरीले मानव खप्पर १ वटा, खुट्टाको हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङको हड्डी ७ वटा, बंगाराको हड्डी १ वटा, काधको हड्डी २ वटा, घाटीको हड्डी १ वटा, हिपको हड्डी १ वटा, ढाडको हड्डी ८ वटा, औलाको हड्डी ८ वटा र कुरकुच्चाको हड्डी ८ वटा गरी ४६ वटा मानव अंग बरामद गरेको छ । उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३ गण प्रमुख राजकुमार लामिछानेले जनाएको छ ।

विओपी रानी कै सशस्त्र प्रहरीको टोलीले गत असोज १८ गते रानी नाका बाटै मारुती भ्यानमा हालेर भारत बाट नेपाल ल्याउँदै गरेको अवस्थामा मानव खप्पर २८ वटा र मानव हातखुट्टा १० वटा बरामद गरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्