१४ बैशाख २०८१, शुक्रबार
Tags

चाईना मार्केटमा पछाडीको ढोका बाट तस्करी, १० लाख बढीको कपडा र खाद्यान्न बरामद

पवन विक्रम शाह मंगलबार, चैत्र २९, २०७८

विराटनगर / विराटनगर-१६ स्थित नेपाल भारत सीमा दशगजा सँग जोडिएको चाईना मार्केटको एक मदिरा पसल बाट मंगलवार प्रहरीले ८ लाख बढीको तस्करीको कपडा बरामद गरेको छ ।

भारतको जोगबनी बाट बिभीन्न सामानहरु तस्करी गर्ने तस्करहरुले चाइना मार्केटलाई तस्करीको लागि सुरक्षित बाटोको रुपमा प्रयोग गर्दै आईरहेको खुलेको छ । चाइना मार्केटमा दशगजा सँगै जोडिएको अधिकांश पसलहरुमा पछाडी (भारत) तर्फ खुल्ने ढोका बनाई दैनिक लाखौंको सरसामानहरु अवैध रुपमा नेपाल भित्रिने गरेको खुलेको हो ।

मंगलवार ईलाका प्रहरी कार्यालय रानीको वरिष्ठ प्रहरी नायब निरीक्षक लक्षमण महतारा र हवल्दार केशव कार्कीले दशगजा सँगै टासिएको एक मदिरा पसलबाट ८ लाख बढीको कपडा झोलामा हालेर पसलको खाट मुनि लुकाइराखेको अवस्थामा बरामद गरी नियन्त्रमा लिए पछि सो कुरा खुलेको हो । वरिष्ट सई महताराले सो ठाउँ बाट कपडा तस्करी हुँदैछ भनी थाहा पाएपछि केही विशेष प्रहरी परिचालन गरेकाे थियो । तस्करहरुले सामान्य घरायसी पारामा झोलामा हालेर कपडा तस्करी गरिरहेको हुनाले प्रहरीको टोलिले पसलमै छापामारी कपडा बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय रानीको टोलीले एक पसलबाट बरामद गरेको कपडाहरुमा ४ लाख ८० हजार मूल्य बराबरको पेन्ट १ सय ६० थान,
१ लाख ५० हजार बराबरको सट १ सय ५० थान, १८ हजार मूल्य बराबरको हाफ पेन्ट ३० थान, १ लाख ३५ हजार मूल्य बराबर कुर्था सुरुवाल ९० थान, १५ हजार मूल्य बराबरको कुर्ती ३० थान र ९४ हजार ८ सय रुपैयाँ मूल्य बराबरको कपडा १ सय ५८ थान गरी ८ लाख ९२ हजार ८ सय रुपैयाँ मूल्य बराबरको कपडा रहेको थियो । त्यसै गरी करिब १ लाख ७० हजार बराबरको ख्ध्यान्न सामग्रीहरू समेत पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

चैत्र ३ गते जिल्ला प्रशासन कार्यालय मोरङ प्रमुख काशीराज दाहालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं ३ गण प्रमुख, राष्ट्रीय अनुसंधान कार्यालय मोरङ प्रमुख, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग का प्रतिनीधि, वाणिज्य कार्यालय प्रतिनिधि, आन्तरिक राजस्व कार्यालय प्रतिनिधि, सशस्त्र प्रहरी विओपी प्रमुख, इलाका प्रहरी कार्यालय प्रमुख तथा सीमा प्रहरी चौकी प्रमुख सहितको टोली साथमा लिएर चाईना मार्केटमा भएको मदिरा पसलहरुमा अनुगमन गर्नुभएको थियो । अधिकांस पसलहरु पछाडी भारत सँग जोडिने ढोकाहरू पाए पछि उक्त ढोकाहरू १ महिना भित्र बन्द गर्न सबै पसलहरुको नाममा पत्र समेत काटिएको थियो । एक महिनाको अवधि पुग्न अब ४ दिन मात्र बाँकी रहेको छ तर पसलहरुको वैकल्पिक ढोकाहरूबाट अवैध रुपमा भन्सार छली तस्करी जन्यकार्य भने जारी नै रहेको पाइयो ।

कोरोना महामारीको समयमा नेपाल भारत बीचको सीमा पूर्ण रुपमा बन्द भएपछि चाईना मार्केटको मदिरा व्यवसायिहरुले सिधै भारत संग जोडिने वैकल्पिक बाटो पसल पछाडी ढोका निर्माण गरेका थिए । जसको मदत बाट भारतीयहरू महामारीको समयमा पनि सजिलै मदिरा प्युन पाउने गरेका थिए । भारतको बिहारमा मदिरा बन्द भएका कारण चाईना मार्केटमा झ्याल बाट पनि मदिरा बिक्री हुन्थ्यो । सोही समयमा अधिकांस पसल संचालक हरुले बनाएको झ्याल ढोका बाट वैकल्पिक रोजगारको रुपमा तस्करीलाई पेशा बनाएका प्रयोग गर्दै आईरहे भने केहीले तस्करहरुलाई सहज बनाउन झ्याल ढोका प्रयोग गर्न दिनेगरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्