१४ बैशाख २०८१, शुक्रबार
Tags

राजेश गुप्ता नेपाली कांग्रेसको प्रदेश कोषाध्यक्षमा मनोनित

रणभूमी डेस्क आइतबार, बैशाख ०४, २०७९

विराटनगर / नेपाली कांग्रेस प्रदेश नं १ को कोषाध्यक्षमा राजेश गुप्ता चयन भएका छन ।

प्रदेश कार्यसम्पादन समितिको आइतबार बसेको वैठकले प्रदेश सदस्य समेत रहेका गुप्तालाइ कोषाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए । प्रदेश समितिका निर्वाचित सदस्यहरुमध्येबाट एक जना कोषाध्यक्ष मनोनित गर्ने विधानमा व्यवस्था छ ।

विसं २०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनितिमा लागेका विराटनगर १५ निवासी गुप्ता प्रजातन्त्र सेनानी स्वर्गिय रघुनाथ प्रसाद गुप्ताका छोरा हुन । नेपाल हक्की संघ मोरंगका अध्यक्ष समेत रहेका गुप्ता विभिन्न धार्मिक तथा सामाजिक क्षेत्रमा समेत क्रियाशिल छन ।

यहाँ कमेन्ट गर्नुहोस्