१६ चैत्र २०८०, शुक्रबार
Tags

जसपा परित्याग गरी उमेश यादवको स्वतन्त्र बाट महानगरको मेयरमा उमेदवारी दर्ता

रणभूमी डेस्क आइतबार, बैशाख ११, २०७९

विराटनगर / जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । विराटनगरको मेयरको उम्मेदवारी दर्ता गर्ने यादव पहिलो भएको छ ।

उनले गठबन्धनप्रति असहमति जाहेर गर्दै हिजो जसपाको साधरण सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए । आज दिउँसो विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले अन्य कुनै पार्टी प्रवेश नगर्ने समेत जानकारी गराएका थिए ।

यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए ।

उनले त्यसबेला १४ हजार ९ सय ५८, राप्रपाका प्रहलाद प्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । कांग्रेसबाट प्रमुख पदका उम्मेद्वार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी बन्दा एमाले र फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावमा होमिएका एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए ।

यादवले यसपटक पनि प्रमुखको उम्मेदवारी दिने घोषणा गरेका थिए । यद्यपि ५ दलीय गठबन्धनले विराटनगरको प्रमुखमा काङ्ग्रेस र उपप्रमुखमा जसपाले उम्मेदवारी दिने निर्णय गरेपछि उनी असन्तुष्ट बन्दै राजीनामा दिएका थिए ।

उम्मेदवारी दर्तापछि उनले चुनाव जित्ने बताएका छन् । जनताले मलाई भोट दिन्छन् उनले भने म चुनाव जित्छु ।

विराटनगरको ५, ६, १२,१३, १४, १५, १६, १७ र १८ नम्बर वडा नेता यादवको बलियो पकड भएको वडा मानिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्