०८ बैशाख २०८१, शनिबार
Tags

रानी नाकाबाट नशामा लट्ठ दुई जना साढे ३ लाख नगद सहित पक्राउ

रणभूमी डेस्क सोमबार, बैशाख १२, २०७९

विराटनगर / नशामा लट्ठ रहेको दुईजनाको साथ बाट सीमा प्रहरी चौकी रानीले नगद ३ लाख ५० हजार रुपैयाँ फेला पारेको छ ।

सीमा प्रहरी चौकी रानी प्रमुख दिल्ली देवकोटाको नेतृत्वमा खटेको टोलीले विराटनगर-१६ दक्षिन् गेटमा नेपाल भारत सीमा नजिकै नशामा लट्ठ रहेको दुई जनालाई चेक जाँचको क्रममा उनीहरूको साथबाट आज बिहान पौने ९ बजेको समयमा १ हजार दरको नेपाली रुपैयाँ ३ सय ५० थान फेला परेको थियो । लागूऔषध सेवन गरेर अचेत अवस्थामा सीमा क्षेत्रमा भेटिएका सुनसरी जिल्ला इटहरी र धरान घर बताउने वर्ष २६ को हरी क्षेत्री, वर्ष १७ को सम्मीयम लिम्बुलाई चेक जाँच गर्दा रकम फेला परेको सई देवकोटाले बताए ।

देवकोटाले उक्त रकमको बिषयमा कहांबाट के कति कामले उक्त रुपैयाँ ल्याएको भनी सोधपुछ गर्दा लिम्बुले आफु संग ३५ हजार रुपैयाँ मात्र भएको भनेको थियो तर देवकोटाले उनीहरूको साथ बाट तिन लाख ५० हजार रुपैयाँ बरामद गरेर इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

उक्त रुपैयाँ केको लागि र कहाँ बाट ल्याएको विषयमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्